२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

घट्यो नेप्से परिसूचक

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०८:२६

घट्यो नेप्से परिसूचक

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । काठमाडौंमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा बजारले नयाँ विन्दु कायम गरेको थियो । 

साताको अन्तिम दिन आज भने भने नेप्से परिसूचक ०.१५ विन्दुले घटेर एक हजार ५१०.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ ले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८६ कम्पनीको ९३ लाख दुई हजार ९७० कित्ता शेयर रु दुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ मूल्य बराबरको कारोवार भयो । बजार पूँजीकरण भने बढेर रु १९ खर्ब ९८ अर्ब बराबर पुगेको छ । 

कोरोनाका कारण सम्पूर्ण आर्थिक गतिविधि समस्यामा परेको भएपनि शेयर बजारले भने सन्तोष गर्ने वातावरण बनाइदिएको छ । आज भने नेप्से झिनो अकंले घटेपनि केही सूचकमा भने वृद्धि भएको छ । 

आज कारोवार भएका १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर घटेको छ । सात उपसमूहको शेयर बढेको छ । बैंकिङ २.९६, व्यापार ९.७१, विकास बैंक ४.७१, जलविद्युत् २४.९८ र उत्पादन उपसमूह ३५.९४ ले घटेको छ । 


प्रतिकृया दिनुहोस