२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने नेकपाकाे निर्णय

- विशेष खबर बिहिबार १८, भदौ २०७७ ०६:२४

राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने नेकपाकाे निर्णय

काठमाडौं । सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।

राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो ।


#नेकपा

प्रतिकृया दिनुहोस