२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

भारतले पब्जीसहित १ सय १८ वटा एप्समाथि लगायाे प्रतिबन्ध

बुधबार १७, भदौ २०७७ ०८:५५

भारतले पब्जीसहित १ सय १८ वटा एप्समाथि लगायाे प्रतिबन्ध

नयाँदिल्ली । भारतले पब्जीसहित १ सय १८ वटा एप्समाथि प्रतिबन्ध लगाएको छ । लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि  भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो । 

टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि भारतले जुनमा सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो ।

पूर्वी लद्दाखमा दुवै मुलुकबीच पुनःविवाद हुन थालेपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका एप्सहरुले आफ्नो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा भएको मन्त्रालयले जनाएको छ ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् । भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको लाभ हुने बताएको छ ।

साथै भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भारतिय सन्चार माध्यम बाट

 


प्रतिकृया दिनुहोस