२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

उपत्यकामा निषेधाज्ञाः गृहबाट अनुमति लिएर मात्रै निरन्तरता दिने/नदिनेबारे निर्णय हुने

- विशेष खबर मङ्गलबार १६, भदौ २०७७ ०५:३३

उपत्यकामा निषेधाज्ञाः गृहबाट अनुमति लिएर मात्रै निरन्तरता दिने/नदिनेबारे निर्णय हुने

काठमाडाैं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भर्चुअल बैठकले गृह मन्त्रालयबाट स्वीकृति लिएरमात्रै निषेधाज्ञा सम्बन्धी विषयमा निर्णय लिने निष्कर्ष निकालेको छ ।

निषेधाज्ञा तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै निषेधाज्ञालाई निरन्तरता दिने/नदिनेबारे निर्णय गर्ने निष्कर्ष निकालेका हुन् ।

भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङमा निषेधाज्ञापछि भएगरेका कामकारबाहीको विस्तृतमा समीक्षा भएको बताइने । उनका अनुसार भोलि तीन जिल्लाले एकल र संयुक्त सुरक्षा समिति बैठक बसेर लकडाउनलाई निरन्तरता दिने/नदिनेबारे गृह मन्त्रालयबाट अनुमति लिएर अघि बढ्ने छन् ।

‘तत्कालै निषेधाज्ञा हट्ने अवस्था त देखिदैन तैपनि यो अवधिसम्मको समीक्षा र अनुभवले के भन्छ भने संक्रमण रोकथाममा निषेधाज्ञा सहयोगी बनेको छ । अर्कातिर व्यवसायिक पक्षबाट हेर्दा अवस्था त्यत्तिकै असहज पनि छ ।

अत्यावश्यकबाहेक व्यापार व्यवसायलगायत आर्थिक कारोबार बन्दको अवस्था छ,' उनले भनिन्, ‘केही विषयमा लचकता अपनाएर अघि बढ्ने भन्ने पनि कुरा उठेको छ ।’

दैनिक उपभोग्य बस्तु विक्रि वितरणमा बिहान ९ बजेसम्म कायम गरिएको समयसीमा हेरफेर गर्ने, अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक सावधानी अपनाएर सुचारु गर्नेलगायत विषयमा पनि कुरा उठेको उनले बताइन् । यद्यपि तीन जिल्लाको संयुक्त बैठक बसेरमात्रै सबै कुरा प्रस्ताव गरिने उनले स्पष्ट पारिन् ।

भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।

पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।

 


# उपत्यका

प्रतिकृया दिनुहोस