२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

बुधबारसम्म चट्याङ सहित वर्षाकाे सम्भावना

- विशेष खबर सोमबार १५, भदौ २०७७ ०३:५८

बुधबारसम्म चट्याङ सहित वर्षाकाे सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।


#जल तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस