२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने सरकारकाे निर्णय

- विशेष खबर आइतबार १४, भदौ २०७७ १०:३५

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने सरकारकाे निर्णय
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो।

मन्त्रीका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो।

यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो।

 


#मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस