२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

देशभर सामान्य बदली,केहि स्थानमा वर्षाको सम्भावना

- विशेष खबर आइतबार १४, भदौ २०७७ ११:३६

देशभर सामान्य बदली,केहि स्थानमा वर्षाको सम्भावना

काठमाडाैं । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको  छ । 

अहिले गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

त्यस्तै वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका  मौसमविद् प्रतिभा मानन्धरले बताए । 


#मौसम पूर्वानुमान महाशाखा

प्रतिकृया दिनुहोस