२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सिसिएमसी कार्यालयका कर्मचारीलाई संक्रमण भएपछि रक्षा मन्त्री र गृह मन्त्री आइसोलेसनमा

- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०४:११

सिसिएमसी कार्यालयका कर्मचारीलाई संक्रमण भएपछि रक्षा मन्त्री र गृह मन्त्री आइसोलेसनमा

काठमाडाैं ।  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई काेराेना संक्रमण भएपछि उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।

'उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ। भित्र-बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,' स्रोतले  भन्यो,'आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ। अब पिसिआर परिक्षण पनि हुन्छ होला।'

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ।

 


प्रतिकृया दिनुहोस