- विशेष खबर शुक्रबार १२, भदौ २०७७ ०३:११
काठमाडौं । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।
स्रोतका अनुसार कोरोना महामारीको प्रकोप बढ्दै गएकाले बैठकको मिति सारिएको हो। सचिवालय बैठकमा नेकपा कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ।
प्रतिकृया दिनुहोस