२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

टिकटकका सिइओ मयेरले दिए नियुक्त भएको तीन महिनामै राजीनामा

बिहिबार ११, भदौ २०७७ ०१:२६

टिकटकका सिइओ मयेरले दिए नियुक्त भएको तीन महिनामै राजीनामा

एजेन्सी । चिनियाँ स्वामित्वमा रहेको सर्ट भिडिओ एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।

एनबिसीन्युजका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।

मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।

अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा दरार आएको छ ।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।


#टिकटक

प्रतिकृया दिनुहोस