२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

६० जना सहसचिवहरुको सरुवा, काे कहाँ ?

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०९:३९

६० जना सहसचिवहरुको सरुवा, काे कहाँ ?

काठमाडाैं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय, विभाग र निकायहरुमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका दिनेशकुमार घिमिरे प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा, सञ्चार मन्त्रालयकी राधिका अर्याल वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका चूडामणि पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिममा सरुवा भएका छन् ।

त्यस्तै, गृह मन्त्रालयका महादेव पन्थ प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा, स्वास्थ्य मन्त्रालयमा रहेका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय सुदूरपश्चिममा र लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका राजेन्द्रकुमार पौडेललाई प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयमा, गृह मन्त्रालयका इन्दु घिमिरेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, पर्यटन मन्त्रालयका कमलप्रसाद भट्टराईलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा, अर्थ मन्त्रालयका श्रीकृष्ण नेपाललाई सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुहाेस् 

सरूवा सूचि


प्रतिकृया दिनुहोस