२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मेरो अवाञ्छित चासो वा हस्तक्षेप भए सजायकाे भागिदार हुन्छुः ईश्वर पोखरेल

- विशेष खबर बुधबार १०, भदौ २०७७ ०५:५७

मेरो अवाञ्छित चासो वा हस्तक्षेप भए सजायकाे भागिदार हुन्छुः ईश्वर पोखरेल

काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।

रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका छन् ।

‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्,’ पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘कहीं कतै मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको जानकारी गराउँछु । यदि अन्यथा पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रुपमा सजायको भागिदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आफू नजरबन्दमा रहेका बेला घरको पानीटंकीमा पैसा लुकाएको भनी लाञ्छना लगाइएको भन्दै उनले अहिले पनि त्यही विषयलाई उछालिएकोमा आपत्ति जनाउँदै तिनलाई ‘शाही शासनका तिनै दुष्ट मतियार’ भनी टिप्पणी गरेका छन् ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पाेखरेलका सम्धी उपेन्द्र काेइरालालाइ नियुक्त गरेको थियो ।


#रक्षामन्त्री ईश्वर पोखरेल

प्रतिकृया दिनुहोस