२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपाको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ०१:२३

नेकपाको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति
फाइल तस्बिर ।

काठमाडाैं । नेकपाको सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी सचिवालय बैठक भदौ १३ गतेलाई बोलाउने सहमति भएको छ

पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो ।

'पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन् । उनका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।


# नेकपा

प्रतिकृया दिनुहोस