२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओली-दाहालबीच बालुवाटारमा छलफल

- विशेष खबर मङ्गलबार ०९, भदौ २०७७ ११:२१

ओली-दाहालबीच बालुवाटारमा छलफल
फाइल तस्बिर ।

काठमाडाैं । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

एक साताको गृहकार्यपछि महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ ।

साउन ३० गते ओली र दाहालको सहमतिमा कार्यदल गठन भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुई जना नेता तोकिएका थिए ।


#नेकपा

प्रतिकृया दिनुहोस