२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न साझा पार्टीको माग

- विशेष खबर आइतबार ०७, भदौ २०७७ ०१:१२

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न साझा पार्टीको माग

काठमाडाैं । कोरोना भाइरसका संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्यव्यवहार हुनु अमानवीय र अपारधिक भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ । 

मुलुकका विभिन्न भागमा कोरोना उपचारमा संलग्न चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण भएका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

'हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ । त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिइ बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो,' साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान संकटकालीन अवस्थामा चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्न साझा पार्टीले आग्रह गरेको छ ।

नागरिकले आफ्नो कर्तव्य पूरा गरेमा कोरोनाविरुद्धको साझा लडाइँ सहज हुने उसको ठहर छ ।


#साझा पार्टी

प्रतिकृया दिनुहोस