बुधबार १४, फागुन २०७६ ०४:२०
काठमाडौं, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सबै शीर्ष तहका नेताहरुको सम्पत्ति छानविनको माग गरेका छन ।
डा. भट्टराईले प्रधानमन्त्री ओलीको जिल्लामा रहेको बुकुरो घरबाट काठमाडौंमा महल बनाइएको विषयमा प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको तेह्रथुमको बुकुरो घरबाट काठमाडौंमा महल कसरी भयो ? छानविन गरौं ।
डा. भट्टराईले भने, प्रधानमन्त्रीकाे बुकुरो घर भन्दा अलि राम्राे घर गाेरखामा मेराे पनि छ, अहिले कसरी यत्रा महल बने सबैकाे सम्पती छानविन हुनुपर्छ।,
उनले थपे, ‘अर्काले दिएको चप्पल लगाउने हामी नेताहरु कसरी चिल्लो कारमा हिँडेका छौं ? हामी सबैको सम्पति छानविन हुनुपर्छ ।’ भट्टराईले जनलोकपाल बनाएर भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग पनि गरे ।
प्रतिकृया दिनुहोस