२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपाको कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

- विशेष खबर शनिबार ०६, भदौ २०७७ ०५:५२

नेकपाको कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

काठमाडाैं । नेकपाकाे जारी विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओली र दाहाल-नेपाल पक्षबीच विवाद चर्किंदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको थापाले जानकारी दिए ।

 


#नेकपा

प्रतिकृया दिनुहोस