२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कोरोना नियन्त्रण र उपचारमा १३ अर्ब भन्दा बढी खर्च

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०९:२८

कोरोना नियन्त्रण र उपचारमा १३ अर्ब भन्दा बढी खर्च
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । 

सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ ।

औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाले संघीय संचित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको बताए। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयले ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयले १ करोड २९ लाख खर्च गरेका छन्।

यस्तै प्रदेशहरूले कोरोना नियन्त्रण र उपचारका लागि १ अर्ब ४९ करोड ७० लाख खर्च गरेका छन्। सर्वाधिक खर्च गर्नेमा स्थानीय तह छन्।

हालसम्म स्थानीय तहबाट ६ अर्ब २ करोड खर्च भएको छ। जुन संघीय सरकारले गरेको खर्चभन्दा धेरै हो ।

खतिवडाले यी सबै खर्च औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार व्यवस्थापन र जनशक्ति परिचालनका लागि भएको जनाए।


#कोरोना भाइरस नियन्त्रण र उपचार

प्रतिकृया दिनुहोस