२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

भदौं १६ देखि पीसीआर परिक्षण सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

- विशेष खबर शुक्रबार ०५, भदौ २०७७ ०८:०७

भदौं १६ देखि पीसीआर परिक्षण सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने
फाइल तस्बिर ।

काठमाडाैं । सरकारले भदौं १६ देखि अर्न्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार,पीसीआर परिक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिएको हो ।

‘पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने ।

उनका अनुसार, भदौं १६ पछि हुने नियमित उडान तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ ।

त्यस्तै सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ।

प्रवक्ता खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको जानकारी गराएका हुन्।

त्यसका लागि ती मुलुकमा रहेका नेपाली कुटनितिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै चार्टर उडान गर्न सकिने छ ।

पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको खतिवडाले बताए ।

 


#मन्त्रिपरिषद

प्रतिकृया दिनुहोस