२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

कांग्रेसले भन्याेः निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् !

- विशेष खबर बिहिबार ०४, भदौ २०७७ ०६:३४

कांग्रेसले भन्याेः निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् !

काठमाडाैं । कांग्रेसले निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भनेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले 'सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ' भन्ने मान्यतामा रहेर सरकारलाई साथ दिइरहेको बताइएका छन् ।

विज्ञप्तिमा कोरोना विरुद्धको संघर्षमा संयम र एकताका लागि सरकार र समुदायलाई अपिल गरिएको छ ।

यसअघिको एक सय बीस दिन लामो लकडाउनले लकडाउन या निषेधाज्ञा आफैंमा समाधान नभएको पुष्टि भएको भन्दै विज्ञप्तिमा सरकारले अधिकतम क्षमता प्रस्तुत गर्न सक्नुपर्ने बताइएको छ ।

बिज्ञप्तिः


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस