२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

विश्वका केहीदेशमा जिमेलमा समस्या

बिहिबार ०४, भदौ २०७७ ०१:५०

विश्वका केहीदेशमा जिमेलमा समस्या

काठमाडाैं । जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन ।

थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।

संसारका विभिन्न भागका जिमेल प्रयोगकर्ताले केही घन्टादेखि  यही समस्या झेलिरहेका छन्।

जिमेलसँगै गुगल ड्राइभमा पनि समस्या देखिएको छ। ड्राइभमा फाइल अपलोड र डाउनलोड नै हुँदैन। न पहिलाको फाइल अरूलाई पठाउन सकिन्छ।

केही प्रयोगकर्ताहरूले भने जिमेलको लगइनमै समस्या भइरहेको गुनासो गरेका छन्। नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न ४२ देशमा यस्तो समस्या देखिएको जिमेलले जनाएको छ।

गुगलको जि सुइटले के समस्या भएको हो अनुसन्धान गरिरहेको र छिट्टै समस्या समाधान गर्ने बताएको छ।


#जिमेल

प्रतिकृया दिनुहोस