२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

संघीय संसदको विवादित लोगो फिर्ता

बुधबार ०३, भदौ २०७७ १२:११

संघीय संसदको विवादित लोगो फिर्ता
संघीय संसदको विवादित लोगो ।

काठमाडाैं । संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको हो । 

संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ।

सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन अनुसार लोगो सुधार गर्न फिर्ता पठाइएको हो।

सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो। कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ।

लोगो बिग्रिएपछि डिजाइनर टेकवीर मुखियाको आलोचना भएको थियो। तर मुखियाले निर्माणकर्ताको दोष आफूमाथि आएको भन्दै आपत्ति जनाएका थिए।

लोगो विवाद र फेरि निर्माण गर्न फिर्ता गरिएको बारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिः


#संघीय संसद

प्रतिकृया दिनुहोस