२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

किशोर भण्डारीकाे 'अड्डा' टेलिसिरियल आउँदै

सोमबार ०१, भदौ २०७७ ११:४०

किशोर भण्डारीकाे 'अड्डा' टेलिसिरियल आउँदै

काठमाडाैं । विगत लामो समय नेपाली टेलि सिरियलमा आफ्नो कलाकारीता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले डिसहाेमकाे कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरल 'अड्डा' लिएर आउँदै छन् ।

अड्डा सामाजिक कथा हो हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिने छ ।

अड्डामा किशोर भण्डारी"डिट्ठा साब" रेश्मा तिमल्सिना "बुनुमैचा" कृष्णभक्त महर्जन राम प्र. श्रेष्ठ, लीला के.सी. पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने कृष भण्डारी शुभेच्छा पाण्डेय सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कथा/लेखन/निर्देशन किशोर भण्डारी छायांकन प्रवेश पोखरेल सम्पादन दुर्लभ श्रेष्ठ संगीत वसन्त सापकोटा छन् हरेक शृंखला नयाँ कथा नयाँ कलाकार का साथमा एउटा नौलो प्रस्तुति हुनेछ। 


#नेपाली टेलि सिरियल

प्रतिकृया दिनुहोस