२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

नेकपा सचिवालय बैठक बस्दै

सोमबार ०१, भदौ २०७७ ०७:५१

नेकपा सचिवालय बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक साेमबार बिहान साढे ९ बजेका लागि बस्दै छ ।

गत साउन ४ देखि अवरूद्ध सचिवालय बैठक साढे ९ बजे बालुवाटारमा बस्न लागेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

शुक्रबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सम्मिलित कार्यदल गठन गरेका थिए ।  

कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ ।


#नेकपा

प्रतिकृया दिनुहोस