२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

लगानी बोर्डका सीईओमा नियुक्त भट्टले सोमबारदेखि काम गर्न पाउने

आइतबार ३२, साउन २०७७ ११:०७

लगानी बोर्डका सीईओमा नियुक्त भट्टले सोमबारदेखि काम गर्न पाउने
फाइल तस्बिर ।

काठमाडाैं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त सुशिल भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् ।

उच्च अदालत पाटनले उनलाई तत्काल काम गर्न नदिनु र सरकारको निर्णय यथास्थितीमा राख्‍ने भन्‍ने आदेशलाई निरन्तरता दिन नपर्ने भन्ने अर्को आदेश गरेको हो । पछिल्लो आदेशसँगै उनले सोमबारदेखि कार्यालय गएर काम गर्न पाउने भएका छन् ।

न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आज लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो ।

आदेशमा भनिएकाे छ, 'अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ ।'

यसअघि पाटन अदालतमा  मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यही साउन २७ गते भट्टलाई प्रमुख कार्यकारीको हैसियतमा काम गर्न तत्कालका लागि नदिन अल्पकालीन अन्तरिम आदेश जारीे थियो ।

भट्टमा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्ने योग्यता नपुगेको र स्वच्छ छविको नभएको जिकिर गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गरेका थिए। 


#लगानी बोर्ड

प्रतिकृया दिनुहोस