२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

- विशेष खबर आइतबार ३२, साउन २०७७ ०६:५४

पेट्रोलियम पदार्थको मूल्य बढ्याे
फाइल तस्बिर ।

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ। ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।


#नेपाल आयल निगम

प्रतिकृया दिनुहोस