२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

प्रधानमन्त्री ओली र माेदीबीच टेलिफाेन बार्ता

शनिबार ३१, साउन २०७७ ०२:१८

प्रधानमन्त्री ओली  र माेदीबीच टेलिफाेन बार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको बताए।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि मार्चमा कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए ।


#प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिकृया दिनुहोस