२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

कार्यकर्ता पक्राउकाे बिराेधमा नेविसंघद्वारा उपत्यकाका क्याम्पसमा तालाबन्दी

शुक्रबार ३०, साउन २०७७ ०७:००

कार्यकर्ता पक्राउकाे बिराेधमा नेविसंघद्वारा उपत्यकाका क्याम्पसमा तालाबन्दी

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेकाे छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी दुबै स्थनबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।

विद्यार्थीको र आम जनसमुदायको जायज माग उठाउँदा प्रहरी दमन र झुटा मुद्दाको सहाराले फसाउन खोज्ने निरंकुश चरित्र प्रदर्शन गरेको पनि नेविसंघले आरोप लगाएको छ ।

आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले उपत्यकाका केही क्याम्पसमा तालाबन्दी पनि गरेको छ ।

उपत्यकाका त्रिचन्द्र,शंकरदेब,आरआर लगायतका क्याम्पसहरूमा तालाबन्दी गरेकाे नेविसंघका नेता दिपकओझाले बताए ।


#नेपाल विद्यार्थी संघ

प्रतिकृया दिनुहोस