२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला

बुधबार २८, साउन २०७७ ०६:५२

ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला गरेको छ । हालै विश्वबजारमा सार्वजनिक गरिएको कम्पनीको फ्ल्यागशिप सिरिजका स्मार्टफोनको बूकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको छ ।

ग्यालेक्सी नोट ट्वान्टी सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । काम गर्न र गेम खेल्नको लागि यसले थप सहजता प्रदान गर्ने बताइएको छ ।

यो फोन पावर र प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता रहेकाे कम्पनीले जनाएकाे छ ।

‘नेपालमा हाम्रा नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ, किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन,’ सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने ।

 


प्रतिकृया दिनुहोस