२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

गोंगबु घटना: स्लिपिङ ट्याबलेट खुवाएर हत्या

मङ्गलबार २७, साउन २०७७ १२:०१

गोंगबु घटना: स्लिपिङ ट्याबलेट खुवाएर हत्या

काठमाडाैं । गोंगबुमा आइतबार  बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न  भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए।

‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको  र खुट्टा काटेकी थिइन्।


#हत्या

प्रतिकृया दिनुहोस