२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

साेमबार थपिए ३३८ संक्रमित, कुन जिल्लाका कति ?

- विशेष खबर सोमबार २६, साउन २०७७ ०६:१५

साेमबार थपिए ३३८ संक्रमित, कुन जिल्लाका कति ?

काठमाडाैं । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी काठमाडौं उपत्यकामा ४४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा ४/४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५/१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा ७/७, सिन्धुलीमा ६, दाङमा ५, नुवाकोटमा ४, महोत्तरी, बारा र गोरखामा ३/३, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा २/२ तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा १/१ संक्रमित थपिएका स्वास्थ मन्त्रालयले जनाएको छ । 
    
पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ पुगेको छ ।

धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका छन् ।यि जिल्लाका सक्रिय संक्रमित छैनन् । 

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ । ५०० बढी सक्रिय संक्रमित हुने जिल्ला पर्सा, रौटहट, महोत्तरी र काठमाडौं छन् । साेमबारसम्म क्वारेन्टिमा रहनेको संख्या १० हजार ७५९ छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस