२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लो २४ घन्टामा थप ३३८ जनामा संक्रमण, १ सय ४० डिस्चार्ज

सोमबार २६, साउन २०७७ ०४:३०

पछिल्लो २४ घन्टामा थप ३३८ जनामा संक्रमण, १ सय ४० डिस्चार्ज

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । 

देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

यसैगरी निकाे भएर १ सय ४० डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । याेसँगै मृतकको संख्या ७९ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस