२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

सोमबार २६, साउन २०७७ ०३:०७

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् ।

‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

नयाँ थपिएका संक्रमितसंगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ । 

https://twitter.com/CitiznMukherjee/status/1292726865984024577?s=20 


#भारतमा कोरोना संक्रमण

प्रतिकृया दिनुहोस