२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

ललितपुरकाे मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

सोमबार २६, साउन २०७७ ०२:०३

ललितपुरकाे मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुर । ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

सोमबार बिहान पौने ६ बजे उनकाे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

मृतक किर्तिपुर ट्याङ्ला फाँटका हुन् ।

उनलाई गत साउन १५ गते अस्पताल भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।

मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको गेलालले जनाए।

अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ।


प्रतिकृया दिनुहोस