२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

सोमबार २६, साउन २०७७ ०१:५१

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ ।

सोमबार सम्ममा विश्वभर २ करोड २६ हजार २११ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएकाे छ ।

डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणकाे कारण विश्वभरी ७ लाख ३४ हजार २५ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म विश्वभरमा १ करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सक्रिय संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमण को कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।


#काेराेना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस