२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

वीरगञ्जमा शनिबार मृत्यु भएकी महिलामा काेराेना पुष्टि

सोमबार २६, साउन २०७७ १०:१९

वीरगञ्जमा शनिबार मृत्यु भएकी महिलामा काेराेना पुष्टि

काठमाडाैं । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगन्ज महानगरपालिका– १५ की ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि शनिबार  कोरोना अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् ।

४५ वर्षीया महिलाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस