२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले लिए सपथ

आइतबार २५, साउन २०७७ ०६:१०

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले लिए सपथ
तस्बिरः एएफपि

एजेन्सी । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसंगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राजापाक्षले कोलम्बोमा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिए । राजापाक्ष चौथो पटक प्रधानमन्त्री भएका हुन । 

राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो ।

श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो । 

श्रीलंकाली इतिहासमा भाइ र दाइ एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुगेकाे याे पहिलाे पटक हाे । महिन्दाका भाइ गोटाबाया श्रीलंकाका राष्ट्रपति छन् ।


#श्रीलंकाको प्रधानमन्त्री

प्रतिकृया दिनुहोस