आइतबार २५, साउन २०७७ ०४:५८
काठमाडौं। पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।
प्रतिकृया दिनुहोस