२०८२ असार २१ गते शनिबार | 5 July, 2025

आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

आइतबार २५, साउन २०७७ ०४:३४

आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा कोरोना भाइरसका तीन सय ८० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

यससंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

प्रबक्ता गौतमले नेपालभर  क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्।

अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन्।

यसैगरी अहिलेसम्म कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ।


#काेराेनाअपडेट

प्रतिकृया दिनुहोस