२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालय बन्द

आइतबार २५, साउन २०७७ १२:५३

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालय बन्द

सिन्धुपाल्चाेक । सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आइतबारदेखि बन्द गरिएको छ ।

शिक्षकमा कोरोना देखिएपछि पालिका कार्यालय रहेकाे वडा नं ५ कार्यालय पनि बन्द गरिएको छ । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।

उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।

धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एक जना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।


#काेराेना

प्रतिकृया दिनुहोस