२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

भारतमा फेरि काेराेना संक्रमित राखिएकाे हाेटलमा आगलागी, सात जनाको मृत्यु

आइतबार २५, साउन २०७७ १०:०१

भारतमा फेरि काेराेना संक्रमित राखिएकाे हाेटलमा आगलागी, सात जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

एजेन्सी । भारतको आन्ध्र प्रदेशको विजयवाडास्थित कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिएको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

कोरोना पोजिटिभ भएका व्यक्तिहरुको लागि केयर सेन्टरको रुपमा प्रयोग भएको स्वर्ण प्यालेस नामको होटलमा आइतबार बिहान करिब ५ बजे आगो लागेको भारतीय अधिकारीहरुले बताएका छन् ।

उक्त होटलमा २२ जना बिरामी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आन्ध्र प्रदेशका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्टका कारण आगो लागेको हुन सक्ने बताएका छन् ।

गत अगस्त ६ मा पनि गुजरातको अहमदाबादमा कोभिड अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको जलेर मृत्यु भएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस