२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

आइतबार २५, साउन २०७७ ०८:३३

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पोखरामा उपचाररत एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

आईसीयूमा राखेर उपचार भइरहेका पोखरा महानगरपालिका–१९ का उनकाे शनिबार राति ११ः३५ मा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक/एक जनाको मृत्यु भएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस