२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

विदेशमा कोरोनाबाट १९१ नेपालीको मृत्यु, कहाँ कहाँ ?

आइतबार २५, साउन २०७७ ०८:०१

विदेशमा कोरोनाबाट १९१ नेपालीको मृत्यु, कहाँ कहाँ ?

काठमाडाैं । कोरोना संक्रमणबाट हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २ सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । 

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ ।

गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १ सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । 

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका संक्रमित नेपालीहरू संक्रमणमुक्त हुँदै गएका छन् ।  विश्वका ३८ देशमा रहेका नेपालीहरु सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाबाट निधन भएको छ ।

कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो ।

हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ । 

उद्धार जारी 
विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३ सय १२  जनाको  उद्धार गरिएको छ ।

ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५ सय १, साउदी अरेबिया ६९ सय ९७, मलेसियाबाट ६७ सय ९४, कुवेत छ हजार ३ सय २९, कतार पाँच हजार २ सय ५१, अफगानिस्तान ३३, ओमान ६ सय ३६, म्यानमार २६, थाइल्याण्ड ३ सय २६, दक्षिण कोरिया ७ सय २०, बङ्गलादेश ८ सय ४१, माल्दिभ्स ७ सय ९, सिङ्गापुर २ सय ९७,  हङकङ ८९, पाकिस्तान ७२, बहराइन ९ सय ८०, अमेरिका ४ सय २३, बेलायत २ सय २९, इजरायल १ सय २७, चीन २ सय ८ र टर्कीबाट १ सय १० जना नेपाली स्वदेश फर्किएका छन् ।

फिलिपिन्स२०१, स्वीट्जरल्याण्ड १०, इराक ३९, दक्षिण सुडान २ सय ५०, सेन्ट्रल अफ्रिकन रिपब्लिक ६८, श्रीलङ्का पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्याङ्क यकिन छैन । 

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव स्वदेश ल्याई परिवारलाई बुझाइएको छ । हालसम्म १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको  छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।


#काेराेना

प्रतिकृया दिनुहोस