२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विश्वभरीका काेराेना संक्रमित मध्ये १ करोड २५ लाख भन्दा बढी संक्रमणमुक्त

शनिबार २४, साउन २०७७ ०८:१२

विश्वभरीका काेराेना संक्रमित मध्ये १ करोड २५ लाख भन्दा बढी संक्रमणमुक्त

एजेन्सी ।  विश्वमा १ करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएकाे  छ ।

यसैगरी कोरोना भाइरसको संक्रमण कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको  मृत्यु भएको  पनि डब्लुएचओले जनाइएको छ ।  

डब्लुएचओका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ संक्रमित उपचाररत रहेका छन् ।

संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

कोरोना भाइरस संक्रमणकाे कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 


#काेराेना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस