२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

भारतमा एकैदिन ६१ हजार भन्दा बढीमा काेराेेना संक्रमण

शनिबार २४, साउन २०७७ ०२:५१

भारतमा एकैदिन ६१ हजार भन्दा बढीमा काेराेेना संक्रमण

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढीमा संक्रमण पुष्टि भएकाे छ  ।

सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।
 
त्यसैगरी पछिल्लाे २४ घन्टामा कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै शनिबारसम्ममा भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 
मन्त्रालयले भारतमा अहिले पनि ६ लाख १९ हजार ८८ जना संक्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ । 

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि संक्रमित रहेका छन् ।


#काेराेना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस