२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पर्सामा मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण

शनिबार २४, साउन २०७७ १२:३१

पर्सामा मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण

वीरगन्ज ।  नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेको डा. उपाध्यायले जनाए ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस