२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना, १४ जनाको मृत्यु

शुक्रबार २३, साउन २०७७ १०:३८

अपडेट :  एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना, १४ जनाको मृत्यु
तस्बिर : हिन्दुस्तान टाइम्स

काठमाडाैं । एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

दुवईबाट आइरहेको एयर इन्डिया एक्सप्रेसको बोइङ-७३ विमान शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। 

इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ ।

नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्।  

भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ। 


प्रतिकृया दिनुहोस