२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

भारतमा काेराेना संक्रमितको संख्या २० लाख नाघ्यो

शुक्रबार २३, साउन २०७७ ०८:१४

भारतमा काेराेना संक्रमितको संख्या २० लाख नाघ्यो

नयाँदिल्ली । भारतमा काेराेना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । 

पछिल्लाे २४ घण्टामा  ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 
        
अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ । 

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । 

हाल भारतमा ६ लाख ७ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् । 


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस