शुक्रबार २३, साउन २०७७ ०१:०२
ललितपुर । पाटन अस्पतालमा वीरगन्जका ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।
वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो ।उनलाई शनिबार पाटन अस्पतालमा सारिएको थियाे
सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।
पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।
प्रतिकृया दिनुहोस