२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पर्सामा एकैदिन १४२ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार २३, साउन २०७७ १२:३१

पर्सामा एकैदिन १४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज ।  नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । 

बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज-११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यामा समावेश छन् ।

यस्तै वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् ।

संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् ।

आर्मी ब्यारेकका थप पाँच जनामा पनि कोरोना पुष्टि भएको छ ।

बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस